नियम ६९
लिखत जाँच गर्न सक्ने
: अदालत समक्ष पेश भएको लिखत सद्दै कीर्ते छुट्याउनु पर्ने भई रेखा वा हस्ताक्षरको नमूना विशेषज्ञलाई जाँच गराउनु परेमा रेखा वा हस्ताक्षरको नमूना कीर्ते वा लेख कीर्ते भनी दाबी गर्ने पक्षबाट चाहिने दस्तुर दाखिल गर्न लगाई रेखा वा हस्ताक्षरको नमूना विशेषज्ञ समक्ष पठाउनु (पर्नेछ र त्यसरी जाँच गर्दा लागेको दस्तुर मुद्दा हार्ने पक्षबाट जित्ने पक्षलाई भराइनेछ।